Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • आफन्तलाई शव बुझ्न झनै सास्ती

    आफन्तलाई शव बुझ्न झनै सास्ती

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 417
    SHARES

    काठमाडौं । विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै ।

    आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो। पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो भने दुर्घटना स्थलमा हराएका ३ जनाको खोजीकार्य जारी रह्यो।



    दुघर्टनास्थल सेती खोंचबाट उद्धार गरी ल्याएका शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो। सोमबार दिउँसो काठमाडौंबाट मेडिकल टिम आएपछि पोस्टमार्टमको काम सुरु भएको थियो।



    सोमबार शव बुझाउने अस्पताल प्रशासनले जानकारी दिएपछि अस्पताल परिसरमा आफन्त र शुभ चिन्तकको भीड थियो। दिनभर आफन्त रुवावासी गर्दै शव पाउने प्रतिक्षामा बसे पनि साँझसम्म शव नपाएपछि निराश र आक्रोशित भएका थिए। साँझ अबेर पोस्टमार्टम सकिएको शव आफन्तलाई बुझाइएको थियो।

    दिनभर अस्पतालमा आफन्तको शव बुझ्न रुँदै बसेका आफन्त प्रक्रिया छिटो–छरिटो पूरा गर्नुपर्नेमा ढिला भएको भन्दै आक्रोशित भएका थिए। नाराबाजीसमेत गरेका थिए । अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार