Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना : दुईजना अझै बेपत्ता, ड्रोनसहित पुनः खोजी सुरु

    यती विमान दुर्घटना : दुईजना अझै बेपत्ता, ड्रोनसहित पुनः खोजी सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 444
    SHARES

    काठमाडौं । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जनाको अवस्था अझै अज्ञात छ ।

    दुर्घटनालगत्तै परिचालन भएको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले निरन्तर प्रयास गर्दा पनि दुई वटा शव भेट्न नसकिएको हो ।



    कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीका अनुसार आज पनि बिहानैदेखि खोजी कार्य सुरु भएको छ । आज ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरुमा खोजी गरिने प्रहरीले जनाएको छ ।



    सोमबार पनि ड्रोन प्रयोग गरी २ जनाको शव पत्ता लगाइएको थियो । दुर्घटनाको पहिलो दिन ६३ र दोस्रो दिन सोमबार ७ वटा शव फेला परेका थिए ।

    आइतबार बिहान १०ः३२ बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर७२ जहाज करिव ११ बजेको आसपासमा पोखरा विमानस्थलबाट २ किलोमिटरको नजिकमा सेती नदीको खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार