Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना : प्रक्रिया पुर्‍याएर शव आफन्तलाई बुझाइँदै, एकजना अझै वेपत्ता

    यती विमान दुर्घटना : प्रक्रिया पुर्‍याएर शव आफन्तलाई बुझाइँदै, एकजना अझै वेपत्ता

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 456
    SHARES

    काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइएको छ । अरू शव पहिचान गरी पोखराबाटै आफन्तलाई बुझाइँदैछ ।

    काठमाडौंबाट ६८ यात्रु र चालकदलका चार सदस्य लिएर पोखराका लागि उडेको विमान धावनमार्गनजिकै सेती नदीको खोँचमा खसेको थियो।



    मंगलबार साँझसम्म ७१ जनाको शव भेटिए पनि अझै एक जना हराइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । मंगलबार दिउँसो थप एक महिलाको शव भेटिएको थियो ।



    सेती नदीको पानीलाई याम्दीको पुलबाट सिँचाइका लागि बनाइएको नहरमा हालिएपछि पानी घटेको हो । विमानमा चार जना चालक दलका सदस्य सहित ५३ जना नेपाली र बाँकी १५ जना विदेशी यात्रु सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार