Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • यती विमान दुर्घटना : पोखराबाट काठमाडौं ल्याइएका ४८ शव परीक्षण गरिँदै

    यती विमान दुर्घटना : पोखराबाट काठमाडौं ल्याइएका ४८ शव परीक्षण गरिँदै

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याएर परीक्षण गर्न थालिएको छ ।

    नेपाली सेनाको दुई हेलिकोप्टरमार्फत मङ्गलबार दिउँसो काठमाडौं ल्याइएका शव केहीबेर अघिदेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण गर्न थालिएको हो ।



    मृतकका परिवार र आफन्तजनलाई ‘काउन्सिलिङ’ गर्ने काम मङ्गलबार सकिएपछि आज बिहानैदेखि शव परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।



    कतिपयको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा पहिचान गरेर परीक्षणपश्चात एकैपटक मृतकका परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने बताइएको छ ।

    चालकदलका सदस्यसहित ७२ जना सवार त्यस विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको बाँकी एक व्यक्ति अझै बेपत्ता छन् । उनको आज बिहानैदेखि सेतीको खोँचमा खोजीकार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार