Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यती एयर दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

    यती एयर दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सेली टोली घटनास्थलमा

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 804
    SHARES

    पोखरा । यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सबाट आएको विज्ञ टोली घटनास्थलमा पुगेको छ ।

    एटीआर विमान निर्माता कम्पनीको नौ सदस्यीय विज्ञ टोली घटनास्थलको अवलोकन गर्न पोखरा पुगेको हो । विज्ञ टोलीले घटनास्थलको अवलोकन गर्नुको साथ उडानमा संलग्नहरुसँग पनि छलफल गर्ने छ र दुर्घटनाको कारण पत्ता लगाउने छ ।



    नेपालमा पहिलो पटक एटीआर विमान दुर्घटना भएको थियो । त्यसैले विमान निर्माता कम्पनीले दुर्घटनाप्रति चासो दिएको हो ।



    सरकारले विमान दुर्घटनापछि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

    आयोग सदस्यमा हवाई विज्ञका रुपमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपकप्रसाद बाँस्तोला र अवकाशप्राप्त क्याप्टेन सुनिल थापा छन् ।

    आयोगको सदस्यमा हवाई मर्मत विज्ञ एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार