Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • भारत विरोधी लडाकुलाई राष्ट्र संघले दियो ‘विश्वकै खतरनाक आतंककारी’को संज्ञा

    भारत विरोधी लडाकुलाई राष्ट्र संघले दियो ‘विश्वकै खतरनाक आतंककारी’को संज्ञा

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 528
    SHARES

    एजेन्सी । संयुक्त राष्ट्र संघले एकजना भारत विरोधी लडाकुलाई ‘विश्वकै खतरनाक आतंककारी’को संज्ञा दिएको छ ।

    पाकिस्तानमा समातेर राखिएका अब्दुल रेहान माक्कीलाई संयुक्त राष्ट्र संघले दोस्रोपटक आतंककारीको संज्ञा दिएको हो ।



    सन् २००८ मा भारतको मुम्बईमा १६६ जना मानिसको ज्यान जानेगरी भएको आतंककारी हमलाका लागि माक्की जिम्मेवार रहेको बताइएको छ । माक्कीकोबारे संयुक्त राष्ट्र संघले गरेको टिप्पणीको भारत सरकारले स्वागत गरेको छ ।



    पाकिस्तानको विदेश मन्त्रालयले इस्लामिक मुलुक आफैँ पनि आतंकवादको शिकार भइरहेको तथा पाकिस्तानले संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रियस्तरमा आतंकवादविरुद्धका प्रयासहरूमा सहयोग र समर्थन गर्ने बताएको छ ।

    उनलाई सन् २०१९ मा पाकिस्तानको पन्जाब प्रान्तमा गिरफतार गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार