Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपप्रधानमन्त्री बनेको तेस्रो दिनमा लिङ्देनलाई थापाको शुभकामना

    उपप्रधानमन्त्री बनेको तेस्रो दिनमा लिङ्देनलाई थापाको शुभकामना

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 609
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पूर्वपार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् ।

    लिङ्देन उपप्रधानमन्त्री नियुक्त भएको तेस्रो दिनमा सामाजिक सञ्जालमार्फत थापाले बधाई ज्ञापन गरेका हुन् ।



    उनले लेखेका छन्, ‘केही असहमति, मतभिन्नता र केही चित्त दुखाइका बाबजुद मैले धेरै आडभरोसा र विश्वस गरेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन देशको उपप्रधानमन्त्रीजस्तो गरीमामय पदमा नियुक्त हुनुभएकोमा खुशी लागेको छ ।’



    थापाले राप्रपाबाट मन्त्री र राज्यमन्त्री नियुक्त भएका विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र दिपक सिंहलाई पनि बधाइ र शुभकामना दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार