Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • कमल थापाले भने – राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गछौँ

    कमल थापाले भने – राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गछौँ

    अनलाइन नेपाल
  • बुधबार, २० असार २०८०
  • 594
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्ने बताएका छन् ।

    बुधबार पार्टी आवद्ध जनवर्गीय संगठनको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले शक्तिशाली वैकल्पिक शक्ति बन्नका लागि नीतिमा पुनर्विचार गर्ने बताएका हुन् ।



    उनले मुलुकको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै राजसंस्थाको औचित्य र आवश्यकता रहेको भए पनि केन्द्रीय समिति बैठकमा ब्यक्त धारणा र देशभरिका कार्यकर्ताको भावनाको सम्मान गर्दै राजसंस्थाको विषयमा लिइराखेको नीतिमा पुनर्विचार गरिने स्पष्ट पारे ।



    साथै अध्यक्ष थापाले कांग्रेस कम्युनिष्टप्रति जनताको चरम वितृष्णा रहेको उल्लेख गर्दै २०८४ को निर्वाचनमा नयाँ शक्ति जनताको रोजाई हुने जिकिर गरे ।

    त्यसको लागि राप्रपा नेपाललाई नयाँ शक्ति बनाउन सबै जनवर्गीय संगठनहरुलाई संगठन केन्द्रित हुन निर्देशन समेत दिए । भ्रष्टाचार , बेरोजगारी, धर्मपरिवर्तन र कुशासनको विरुद्धमा जनतालाई जगाउनुपर्ने भन्दै थापाले जनताको पक्षमा दृढतापूर्वक उभिनसमेत आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार