Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • राजेन्द्र लिङ्देनलाई कमल थापाले भने – नेतृत्वको समस्या हुँदैन, सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउनुहोस्

    राजेन्द्र लिङ्देनलाई कमल थापाले भने – नेतृत्वको समस्या हुँदैन, सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउनुहोस्

    अनलाइन नेपाल
  • बुधबार, १७ साउन २०८०
  • 456
    SHARES

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहोरी खेल छाडेर आन्दोलनमा आउन आग्रह गरेका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले अध्यक्ष लिङ्देनलाई यस्तो आग्रह गरेका हुन् ।



    अध्यक्ष थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाका लागि जनआन्दोलनको विकल्प छैन, राप्रपाले सडकमा आउने हिम्मत गरोस् , हामी सङ्गै आन्दोलनमा जान तयार छौ, नेतृत्व समस्याको विषय हुँदैन ।’



    पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

    थापाले केशरबहादुर विष्ट ,दुर्गा प्रसाईं , किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरूलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार