Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सोविता गौतम उपसभामुख बन्दै, रास्वपाले बोलायो संसदीय दलको बैठक

    सोविता गौतम उपसभामुख बन्दै, रास्वपाले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बिहिबार, ५ माघ २०७९
  • 891
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्ता साझेदार दलबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोविता गौतमलाई उपसभामुख बनाउने तयारी थालिएको छ ।

    सभामुखमा एमालेका देवराज घिमिरे भएपछि उपसभामुखमा रास्वपाकी गौतमलाई बनाउने तयारी गरिएको हो । सोही विषयमा छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको छ ।



    बैठक भोलि शुक्रबार बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको थियो । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ ।



    रास्वपाभित्र सोविता उपसभामुखको दाबेदार छिन् । कानुनका विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउनपर्ने मत बलियो हुँदै आएको छ । गौतम काठमाडौं २ बाट प्रत्यक्ष निर्वाचित भएकी हुुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार