Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रचण्डनिकट गृहेन्द्रसँग सोविता गौतमले गरिन बिहे

    प्रचण्डनिकट गृहेन्द्रसँग सोविता गौतमले गरिन बिहे

    अनलाइन नेपाल
  • शुक्रबार, १९ जेष्ठ २०८०
  • 1.6K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम विवाह बन्धनमा बाँधिएकी छन् ।

    सांसद गौतमले आफ्नो प्रेमी गृहेन्द्र घिमिरेसँग सुटुक्क लगनगाँठो कसेकी हुन् ।



    माओवादीमा आवद्ध घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । विवाहपश्चात दुवैजना जापान लागेका छन् ।



    चितवन घर भएका गृहेन्द्र नेकपा माओवादी केन्द्र अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकटका व्यक्ति हुन् ।

    केही समय अगाडी गृहेन्द्र घिमिरेलाई नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ३५ दिने सूचना जारी गरेर ऋण तिर्न उर्दी जारी गरेको थियो ।

    घिमिरेको खास व्यवसाय नभएपनि व्यापारीहरुलाई प्रचण्डकहाँ पुर्याउनेदेखि गृहमन्त्री रवि लामिछानेको पार्टीसम्म सम्बन्ध विस्तार गर्दै आएका छन् ।

    घिमिरे प्रचण्ड र उनको परिवार निकट बिचौलीयाको रुपमा चिनिन्छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार