Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सोविता गौतमले भनिन् – यो सरकार असफल भइसक्यो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ

    सोविता गौतमले भनिन् – यो सरकार असफल भइसक्यो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 738
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको बताएकी छन् ।

    आईतबार प्रतिनिधिसभा बैठकपछि बोल्दै सांसद गौतमले यस्ताअ‍े बताएकी हुन् ।



    सांसद गौतमले वर्तमान सरकारका मन्त्रीहरूले सांसदहरूलाई समेत भेट्न आनाकानी गर्ने गरेको आरोप लगाईन् ।



    उनले सरकार असफल भएकाले अब मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताइन् ।

    सांसद गौतमले भनिन्, ‘सांसदलाई भेट्न पनि मन्त्रीहरूले आनाकानी गर्छन् । मन्त्रीहरूले भेट्छन् चाहीँ कसलाई ?’

    आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक–पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएकोमा उनको असन्तुष्टि थियो ।

    प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भए पनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको उनको भनाई थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार