Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकीमा अब ७ मन्त्रालय, सोमबार मन्त्रिपरिषद विस्तारको तयारी

    गण्डकीमा अब ७ मन्त्रालय, सोमबार मन्त्रिपरिषद विस्तारको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 855
    SHARES

    पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार सात मन्त्रालय राख्ने निर्णय गरिएको हो ।

    केन्द्रको निर्देशन र दलहरुबीच छलफल गरेर २०७४ सालकै मन्त्रालय सङ्ख्या कायम गर्न लागिएको बताइएको छ । अहिले गण्डकीमा १२ मन्त्रालय छन् ।



    २०७८ सालमा सरकार तलमाथि भएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ७ मन्त्रालय फुटाएर ११ पु¥याएका थिए । पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि मन्त्रालय थपिएर १२ पुगेको थियो ।



    नयाँ सरकार आएपछि सबैभन्दा बढी प्राथमिकताका साथ मन्त्रालय घटाउने पहल थालेको हो । मन्त्रालयको सङ्ख्या सात राख्ने सहमति भए पनि नाम भने टुंगो लगाइएको छैन् ।

    नाम सोमबार बिहान बस्ने मन्त्रीपरिषद् बैठकले टुंगो लगाउने छ भने सोमबार नै मन्त्रिपरिषद विस्तारको तयारी थालिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार