Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आत्महत्या दुरुत्साहन गराएको भन्दै ‘जेल’ रेस्टुरेन्ट सञ्चालनमा रोक

    आत्महत्या दुरुत्साहन गराएको भन्दै ‘जेल’ रेस्टुरेन्ट सञ्चालनमा रोक

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 684
    SHARES

    रुपन्देही । रूपन्देहीको भैरहवास्थित देवकोटा चोकमा रहेको ‘जेल रेष्टुरेण्ट’ जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गरिदिएको छ।

    आत्महत्या दुरुत्साहनलाई सहयोग पुग्ने सामग्री राखेर सञ्चालन गरेको आरोपमा उक्त रेस्टुरेन्टलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बन्द गराएको हो ।



    प्रशासनको अनुगमनको क्रममा रेस्टुरेन्टका कोठाहरू जेलका हिरासत जस्ता रहेका, हतकडी, बन्दुक र एयरगन जस्ता देखिने वस्तु र आत्महत्या गर्न प्रोत्साहन गर्ने फाँसी लगाउन प्रयोग गरिने पासो राखिएकाले प्रशासनले ती सामान जफत गरी रेस्टुरेन्ट बन्द गराएको बताएको छ ।



    उक्त रेष्टुरेण्ट खुलेको जानकारी स्थानीय सञ्चार माध्यमबाट बाहिरिएका थिए। अनुगमन गर्दा कैफियत देखिएका कारण रेष्टुरेण्ट बन्द गरिएको रुपन्देही प्रशासनले बताएको छ ।

    फरक प्रकृतिको देखिने भएको कारण पछिल्लो समय सो रेष्टुरेण्ट चर्चित भएको थियो। रेष्टुरेण्ट सञ्चालकलाई मंगलबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार