Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ वर्ष मनाउन गएका जैसवालको खोलामा डुबेर मृत्यु

    नयाँ वर्ष मनाउन गएका जैसवालको खोलामा डुबेर मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १ बैशाख २०८०
  • 666
    SHARES

    फाइल तस्विर

    रूपन्देही । रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको हो ।



    नयाँ वर्ष मनाउन गएका जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए।



    साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए।

    जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको प्रहरी चौकी दोभानले जनाएको छ । पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो।

    उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार