Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, लुम्बिनी क्षेत्र तनावग्रस्त

    रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु, लुम्बिनी क्षेत्र तनावग्रस्त

    अनलाइन नेपाल
  • शनिबार, १६ मंसिर २०८०
  • 849
    SHARES

    फाइल तस्विर

    बुटवल । स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि रूपन्देहीको लुम्बिनी क्षेत्र तनावग्रस्त बनेको छ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो ।



    दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन्। उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



    बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन्। आगलागीबाट बस पूर्ण रुपमा क्षती भएको छ।

    घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ। अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार