Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रेष्टुरन्टमा दुई समूहबीच कुटपिट हुँदा एक जनाको मृत्यु, आठ जना पक्राउ

    रेष्टुरन्टमा दुई समूहबीच कुटपिट हुँदा एक जनाको मृत्यु, आठ जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 1K
    SHARES

    फाइल तस्विर

    रूपन्देही । रूपन्देहीमा दुई समूहबीच कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको तिलोत्तमा नगरपालिका-९ केवलानीस्थित एसजी रेष्टुरन्टमा भएको झडपमा हेटौंडा बस्ने २५ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको हो ।



    कुटपिटमा संलग्न नुवाकोट लिखु गाउँपालिका ४ बस्ने १९ वर्षीय रोमन तामाङसहित आठ जनालाई पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ ।



    मादक पदार्थ सेवन गरी दुई समूहबीच विवाद भइ कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मंगलापुर र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले सुरेश समेत ४ जना घाइतेलाई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएको थियो ।

    तर, उपचारको क्रममा सुरेशको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको रूपन्देही प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार