Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

    गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, थपिए तीन मन्त्री

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 471
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

    मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो ।



    सोमबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओली र मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि उनले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।



    मंगलबार ३ मन्त्रीलाई नियुक्त गरेर अधिकारीले ७ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका हुन् । मंगलबार मन्त्री नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ छन् ।

    यस्तै, माओवादीबाट रेशमबहादुर जुग्जालीलाई पनि मुख्यमन्त्री अधिकारीले मन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि एमालेबाट सीता सुन्दास, माओवादीबाट हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पञ्चराम गुरुङलाई मुख्यमन्त्री अधिकारीले विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

    उनीहरु सबैलाई मंगलबार नै मन्त्रालयको जिम्मेवारी तोक्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यसैगरी शपथ पनि आजै गराउने गरी प्रदेश प्रमुख कार्यालयले तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार