Online Nepal
  • सोमबार, २१ जेष्ठ २०८१
  • कैलालीबाट खैरो हेरोइन सहित एक जना पक्राउ

    कैलालीबाट खैरो हेरोइन सहित एक जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 486
    SHARES

    भनगढी। कैलाली प्रहरीले लागूऔषध खैरो हेरोइन सहित लम्कीचुहाबाट एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी घर भएका ४० वर्षीय विजय मल्ल छन् ।



    मल्लको साथबाट ३२ ग्राम ५९० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय लम्कीचुहाले जनाएको छ ।



    प्रहरीले उनलाई लम्कीचुहा नगरपालिका–१ स्थित राजपुर स्थित लम्की–टिकापुर सडक खण्डबाट पक्राउ गरेको हो ।

    चेकजाँच गर्दा उनको साथमा खैरो हेरोइन भेटिएको थियो । उनीमाथि लागूऔषध मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार