Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने – गणतन्त्रको नाममा मुठीभर नेताहरूले देश लुटिरहे

    आम जनता पार्टीका अध्यक्ष प्रभु साहले भने – गणतन्त्रको नाममा मुठीभर नेताहरूले देश लुटिरहे

    अनलाइन नेपाल
  • शनिबार, १४ माघ २०७९
  • 750
    SHARES

    रौतहट । पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले राजाको स्थानमा ठुला दलका नेताहरू बसेर जनताको शोषण गरिरहेको बताएका छन् ।

    गृह जिल्ला रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया स्थित विद्यालय भवनको शिलान्यास तथा स्वास्थ्य कार्यालय भवनको उद्घाटन पछि आयोजित सभालाई सम्बोधन गर्दै नेता साहले यस्तो बताएका हुन् ।



    विगतमा राजा हटाउन कांग्रेस र कम्युनिस्ट नेताहरू एक ठाउँमा आए पनि अहिले अवस्था बदलिएको र नेताहरू नै शासक बनेको उनको जिकिर थियो ।



    अहिले राजाको कुर्सीमा ठुला दलका नेताहरू विराजमान भएकाले नेपाली जनता उपेक्षित भएको बताए । अध्यक्ष साहले ठुला पार्टीले कार्यकर्ता पाल्न देशको ढुकुटी रित्याएको आरोप पनि लगाए ।

    देशमा सङ्घीय गणतन्त्र नामको लागि मात्र रहेको भन्दै उनले मुठीभर नेताहरूले देश लुटिरहेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार