Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आज काठमाडौं आइपुग्दै अमेरिकी उपमन्त्री नुल्यान्ड

    आज काठमाडौं आइपुग्दै अमेरिकी उपमन्त्री नुल्यान्ड

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि आज नेपाल आउँदै छिन् । परराष्ट्रका मन्त्रालयका अनुसार राउपमन्त्री भिक्टोरिया दुई दिने भ्रमणका लागि नेपालमा आउन लागेकी हुन् ।

    भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ । दुई दिनसम्म काठमाडौंमा रहने उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग छलफल गर्नेछिन् ।



    उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।



    त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ गठबन्धनको सरकार बनाएपछि उनको यो काठमाडौं भ्रमण पहिलो हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार