Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 999
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ।

    दुई दिने नेपाल भ्रमणमा रहेकी उपविदेशमन्त्री न्युल्यान्ड ओली भेट्न सोमबार बिहान सिंहदरबार पुगेकी हुन् ।



    एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा एमसीसीलगायत यसअघि दुई देशबीच भएका सम्झौता कार्यान्वयनलगायत विषयमा छलफल भएको जनाइएको छ।



    नेपाल-अमेरिका सम्बन्ध र आपसी हितलगायत विषयमा छलफल भएको बालकोट स्रोतले बताएको छ। उपविदेशमन्त्री नुल्यान्डले नेपालको आर्थिक र भौतिक विकासका लागि अमेरिकाले निरन्‍तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन्।

    आजै उपविदेशमन्त्री न्‍युल्यान्डको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको छ।

    दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन्। उनले नेपालपछि भारत,श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार