Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउँदै

    अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ गते नेपाल आउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 480
    SHARES

    काठमाडौं । संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि नेपाल आउने भएकी छिन् ।

    उनी यही माघ १५ गते दुई दिने भ्रमणका लागि नेपालमा आउन लागेकी हुन् ।



    भ्रमणको क्रममा उनले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्ने बताइएको छ ।



    उनले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिएकी थिइन् ।

    त्यसअघि उनी वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार