Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया काठमाडौंमा

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया काठमाडौंमा

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 438
    SHARES

    काठमाडौं । अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौं आइपुगेकी छिन् ।

    वासिङ्टन डिसीबाट उपमन्त्री नुल्यान्ड सिधै नेपाल दुईदिने भ्रमणका लागि आएकी हुन् । उनले नेपालको नयाँ सरकारसँग अमेरिकी साझेदारीको बृहत एजेन्डामा छलफल गर्ने बताइएको छ ।



    कूटनीतिक स्रोतका अनुसार उपमन्त्री नुल्यान्डले सोमबार उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।



    उनले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ताघटक दल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भइसकेको छ भने अन्य भेटवार्ताको अन्तिम टुंगो लागिसकेको छैन ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले अमेरिकी सरकारले नेपालको ‘युनिक’ सांस्कृतिक सम्पदामा अमेरिकालाई गर्व महसुस भएको पनि उल्लेख गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार