Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • सन्नी लियोनले भनिन्- मलाई नेपाल निकै सुन्दर लाग्छ

    सन्नी लियोनले भनिन्- मलाई नेपाल निकै सुन्दर लाग्छ

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 423
    SHARES

    काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनले नेपाल निकै सुन्दर लागेको बताएकी छन् ।

    शनिबार बिहान काठमाडौं आइपुगेकी सन्नी लियोनले बेलुका एक कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।



    कार्यक्रममा सन्नीले ‘आई लभ नेपाल’ भन्दै नेपाली प्रशंसकलाई सम्बोधन गरेकी छन् । नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीलगायतले डिजाइन गरेको पहिरन लगाएर उनले आइतबार बिहान भिडियो पोस्ट गरेकी छन् ।



    कारमा अर्का एक व्यक्तिसँग चढेको इमोजी भिडियो पोस्ट गर्दै उनले नेपाली फ्यानलाई अभिवादन गरेकी छन् । यो उनको तेस्रो नेपाल भ्रमण हो । यसअघि दुईपटक ब्राण्ड प्रमोसनका लागि उनी आएकी थिइन्

    सन्नीले शनिबार सहभागिता जनाएको कार्यक्रममा उनले आफूलाई नेपाल सुन्दर देश लाग्ने र खुबै मन पर्ने समेत बताएकी छन् । सन्नीले नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा समेत अभिनय गरेकी थिइन् ।

    नेपाली फेसन डिजाइनर सरिन बुढाथोकीको डिजाइनमा यसअघि पनि सन्नी र उनका पति डेनियल वेभर समेत सजिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार