Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • खाँडाचक्रका मेयर र उपमेयरबीच विवाद हुँदा सडकमै हात हालाहाल

    खाँडाचक्रका मेयर र उपमेयरबीच विवाद हुँदा सडकमै हात हालाहाल

    अनलाइन नेपाल
  • आइतबार, १५ माघ २०७९
  • 480
    SHARES

    कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ ।

    आन्तरिक विवाद चर्किएपछि उनीहरुबीच सडकमै हात हालाहालको अवस्था सिर्जना भएको हो ।



    नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति कर्मचारी राख्ने र कसको पहुँच कति हुने भन्ने विषयमा मेयर कमलबहादुर शाही र उपमेयर गणेशबहादुर शाहीबीच विवाद भएको थियो ।



    दुवै जनाले अडान नछोड्दा झडपको अवस्था आएको बताइएको छ ।

    शुक्रवार राति अबेर सडकमै हात हालाहाल गरेका मेयर र उपमेयरले आज आइतवार बिहान ११ बजे फेरि नगरपालिका भवनबाहिर झगडा गरेका प्रत्यक्षदर्शीले बताएका छन् ।

    मेयरले पुराना कर्मचारी सबै हटाउन नमानेका र उपमेयरले करारका सबै कर्मचारी हटाएर नयाँ विज्ञापन गर्नुपर्ने अडान लिएपछि झडप भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार