Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • कालीकोट जिल्ला अदालत नजिकै भेटियो बम

    कालीकोट जिल्ला अदालत नजिकै भेटियो बम

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 1K
    SHARES

    कालीकोट । जिल्ला अदालत कालीकोटको उत्तरतर्फको पर्खाल नजिकै बाकस बम फेला परेको छ ।

    चुलिमालिका बृहत खानेपानी आयोजनाको पाइपलाइन खन्ने क्रममा सानो बाकसभित्र विस्फोटक पदार्थ राखेको पाइएको हो।



    बाकसमा तारजडान गरी प्लाष्टिकमा बेरेर राखेको अवस्थामा बम भेटिएपछि नेपाली सेनाको संग्राम गुल्मबाट खटिएको टोलीले ३ घन्टापछि बम निस्क्रिय बनाएको प्रहरीले जनाएको छ ।



    पाइपलाइनमा कार्यरत कामदारले बिहान शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नेपाली सेनालाई खबर गरेपछि बम भएको यकिन गरेर निस्क्रिय पारिएको हो ।

    मध्याह्न १२ बजे भेटिएको बम नेपाली सेनाले अपराह्न ४ बजे मात्र नाव गैराको खोल्सीमा लगेर विष्फोट गरेर निस्क्रिय गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

    खानोपनी पाइपलाइन खन्ने क्रममा कामदारले देखेपछि जाँच गर्दा पुरानो बम रहेको खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार