Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • दुई समूहबीच झडप हुँदा प्रहरीसहित १२ जना घाइते

    दुई समूहबीच झडप हुँदा प्रहरीसहित १२ जना घाइते

    अनलाइन नेपाल
  • शनिबार, २ मंसिर २०८०
  • 2.5K
    SHARES

    कालीकोट । कालीकोटमा दुई समूह बिच झडप हुँदा प्रहरीसहित १२ जना घाइते भएका छन् ।

    महावै गाउँपालिका-७ को राम्नी गाउँमा भाइटिकाको दिनमा नाचगान गरिरहेको अवस्थामा गीत बजाउने डिजेका विषयमा भएको विवाद झडपमा परिणत भएको हो ।



    घटना भएको जानकारी पछि त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि युवाहरूले आक्रमण गर्दा तीन जना प्रहरी समेत घाइते भएका थिए ।



    सुरुमा राम्नीका धनजय चौलागाईँको घरमा विवाद भएको र त्यहाँ रमिता चौलागाईँ, वडा नं २ बस्ने सोबिन सुनार, मोहन बिक र राजु सुनारबिच झडप भएको थियो । उक्त झडपलाई नियन्त्रण गर्न त्यहाँ पुगेको प्रहरी टोली माथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

    स्थानीयको आक्रमणबाट प्रहरी चौकी पाद्मघाटमा कार्यरत प्रहरी हवल्दार महेन्द्र शाही, प्रहरी सहायक हवल्दार किशोर रजवार र प्रहरी जवान वीरेन्द्र शाही घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार विवाद भएको सूचना पछि पाद्माघाटवाट प्रहरी हवल्दारको नेतृत्वमा प्रहरी त्यहाँ पुगेर घटनाका बारेमा जानकारी लिइरहेका बेला मदिराले मात्तिएका युवाले प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

    प्रहरी माथि आक्रमण भएपछि पाद्माघाट प्रहरी चौकीबाट हतियार र गोली, प्रहरी चौकी गेला र चिल्खायाबाट थप प्रहरी टोली गएर घाइते प्रहरीको उद्धार गरिएको थियो ।

    दुई समूह बिचको झडपमा परेर घाइते भएका सबैको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार