Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली

    अज्ञात रोग फैलिएको गाउँमा पुग्यो चिकित्सक टोली

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 807
    SHARES

    कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० मा अज्ञात रोग फैलिएको रुडु र रानावाडा गाउँमा चिकित्सकको टोली पुगेको छ।

    अज्ञात रोग फैलिएको रुडु र राना गाउँमा तिलागुफा नगर अस्पताल र जिल्ला अस्पताल कालीकोटबाट चिकित्सकको टोली पुगेको हो । एक सातादेखि फैलिएको अज्ञात रोगबाट एक १३ वर्षीया बालिका कर्मा थापाको मृत्यु भएको छ भने एक सय ७८ जना बिरामी परेका छन्।



    गाउँका फैलिएको अज्ञात रोगका उपचारका लागि तिलागुफा नगर अस्पताल राँचुलीका प्रमुख डा. टंकप्रसाद आचार्यसहितको टोली पुगेर उपचार सुरू गरेको नगरपालिकाका प्रमुख शंकर उपाध्यायले जानकारी दिए।



    ‘अज्ञात रोग फैलिएको ठाउँमा स्वास्थ्यकर्मीको टोली पुगेर उपचार गरिरहेको छ,’ उनले भने, ‘अहिले नगरपालिकाको चिकित्सकसहितको टोली अज्ञात रोग फैलिएको गाउँमा रहनुभएको छ।’

    रुडु गाउँ र रानावाडा गाउँमा फैलिएको अज्ञात रोग भाइरल फ्लुबाट प्रभावित व्यक्तिमध्ये एक सय ६० जनाको स्वास्थ्य जाँच भएको र अन्यको उपचार भइरहेको तिलागुफा नगर अस्पतालका प्रमुख डा. टंकप्रसाद आचार्यले जानकारी दिए।

    ‘नगर अस्पताल र जिल्ला अस्पताल चिकित्सककोसहित टोलीले उपचार गरिरहेका छौं,’ उनले भने, ‘रोगबाट प्रभावित व्यक्तिहरू हाम्रो सम्पर्कमा आउने क्रम जारी छ।’

    ज्वरो आउने, टाउको दुख्ने, अनुहारमा दाग देखिने र हातखुट्टा सुनिने लक्षण रहेको केही नमूना संकलन गरेर प्रयोगशालामा परीक्षणका लागि पठाइएको त्यसपछि मात्र कुन रोग हो भन्ने यकिन हुने डा. आचार्यले जानकारी दिए।

    ‘लक्षण हेर्दा भाइरल मौसमी फ्लू पनि हुनसक्छ,’ उनले भने, ‘प्रयोशशाला विधिका नमूना संकलन पठाएका छौं। त्यसको रिर्पोट आएपछि मात्र कुन रोग हो भन्न सकिन्छ।’ रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार