Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले उच्च अदालतमा मुद्दा

    नगरपालिकाविरुद्ध १० वडा अध्यक्षले हाले उच्च अदालतमा मुद्दा

    अनलाइन नेपाल
  • शनिबार, १३ साउन २०८०
  • 1.6K
    SHARES

    कालीकोट । कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाविरुद्ध उच्च अदालत जुम्ला इजलासमा मुद्दा दर्ता भएको छ ।

    नगर प्रमुख कमलबहादुर शाही र उपप्रमुख गणेशबहादुर शाहीले आफ्नो स्वार्थपूर्तिका लागि नगर सभामा भएका निर्णयलाई बदर गर्दै आफु अनुकुल वजेट र योजना बनाएको आरोपमा १० जना वडा अध्यक्षले नगरपालिकाविरुद्ध मुद्दा दर्ता गराएका हुन् ।



    नौ जना वडा अध्यक्षले सयुक्त रुपमा नगरपालिकालाई विपक्ष बनाएर बिहीबाार उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गराएका छन । खाँडाचक्र नगरपालिकाले असार १० गते बेलुकी झन्डै दुई घण्टा नगरसभाको उद्घाटन मात्र गरेर नगरसभा सम्पन्न भएको जनाएको थियो ।



    उद्घाटन सत्रमा गरिएको माइनुटमै प्रमुख र उपप्रमुखले आर्थिक वर्ष २०८०/८१ को बजेट बनाएर सार्वजनिक गरेको आरोप वडा अध्यक्षको छ ।

    सार्वजनिक गरिएको बजेटमा वडाका कुनै पनि योजना नसमेटिएको, मनोमानी बजेट ल्याएको, नागरिकमुखी नभई जनप्रतिनिधिमूलक बजेट बनाएको लगायतका विषयमा नगरपालिकाका ११ जना वडाध्यक्षको समर्थनमा १० जनाले मुद्दा दर्ता गराएका हुन् । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार