Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने

    अमेरिकामा आगामी मे ११ बाट कोभिड आपतकाल अन्त्य हुने

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 579
    SHARES

    एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकाले लगाएको राष्ट्रिय आपतकाल आगामी मे ११ बाट अन्त्य गर्ने भएको छ ।

    पछिल्लो समय विश्वका अधिकांश मानिसहरू सामान्य अवस्थामा फर्किएको भन्दै ह्वाइटहाउसले राष्ट्रिय आपतकाल र सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा अन्त्य गर्न लागेको हो ।



    अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार कंग्रेसलाई दिएको जानकारी अनुसार आगामी मे ११ बाट कोभिड(१९ रोकथामका लागि लगाइएका दुई वटा आपतकाल अन्त्य गर्न लागेका हुन् । करिब तीन वर्षदेखि देशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिएको थियो ।



    तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले जनवरी ३१, २०२० मा पहिलो पटक सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेका थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार