Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • महँगियो आँटा, चामल

    महँगियो आँटा, चामल

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 912
    SHARES

    काठमाडौं । पछिल्लो चार महिनायता बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढेको छ ।

    नेपाल खुुद्रा व्यापार संघका अनुसार कात्तिकयता आँटा प्रतिकेजी २५ रुपैयाँ र मैदा प्रतिकेजी २० रुपैयाँ बढेको छ । त्यसयता चामल पनि प्रतिकेजी १० रुपैयाँदेखि १८ रुपैयाँसम्म बढेको छ ।



    संघका अध्यक्ष पवित्र बज्राचार्यका अनुसार ठूला व्यापारीहरूले चामल, आँटा र मैदाको भाउ मनपरी तरिकाले वृद्धि गरेका छन् । “गहुँको त सिजन होइन, चामलको त अहिले सिजन हो नि, यसरी मूल्य बढ्दा सरकारका नियमनकारी निकाय कहाँ छन ?,” अध्यक्ष बज्राचार्यले प्रतिप्रश्न गरे ।



    यस्ता निकायले खाध्यन्न आयातकर्ता, मिल तथा उद्योगहरूमा अनुगमन नगरी साना खुद्रा पसलमा सीमित हुँदा बजार भाउ नियन्त्रण बाहिर पुगेको उहाँको भनाइ छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार