Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चामल आयात घट्यो, धान बढ्यो

    चामल आयात घट्यो, धान बढ्यो

    अनलाइन नेपाल
  • शनिबार, ९ बैशाख २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने धानको आयात बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रूपैयाँ बराबरको धान आयात भएको छ ।

    गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रूपैयाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।



    यस्तै चालु आवको नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रूपैयाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रूपैयाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात भएको थियो ।



    धान उत्पादनमा भएको वृद्धि र भारत सरकारले गत भदौमा धान, चामल र कनिका निर्यातमा कर लगाएपछि चामल आयातमा कमी आएको हो । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार