Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटियो

    डब्लूएफपीले बाँड्न ल्याएको ५४ हजार किलो चामल अखाद्य भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 987
    SHARES

    काठमाडौं । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले नेपाललाई अनुदानस्वरुप दिन ल्याएको चामल खान अयोग्य (कुहिएको) फेला परेको छ ।

    डब्लूएफपीले नेपालका विभिन्न जिल्लामा वितरण गर्ने उद्देश्यले इटालीबाट आयात गरी ल्याएको चामल कुहिएको फेला परेको हो ।



    नेपालका विभिन्न जिल्लाका सर्वसाधारणलाई वितरण गर्न डब्लूएफपीले इटालीबाट ल्याएको चामल नेपालगन्ज भन्सार नाकामार्फत भित्र्याउने प्रक्रियामा थियो । त्यसैक्रममा भन्सार कार्यालयले गुणस्तर परीक्षण गर्दा चामल कुहेको र खान अयोग्य देखिएको हो ।



    नेपालका विभिन्न कार्यालयले १७ माघमा डब्लूएफपीले आयात गरेको चामल खान योग्य छ कि छैन भन्दै विश्लेषण तथा कन्साइन्मेन्ट निरीक्षणका लागि खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयमा पठाएको थियो । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार