Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • दशैंको मुखमा नेपालीको भान्सा महँगिने

    दशैंको मुखमा नेपालीको भान्सा महँगिने

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 801
    SHARES

    काठमाडौं । दशैंको मुखमा नेपालीको भान्सा महँगिने भएको छ । भारतले चामल धानलगायतका खाद्यान्नको निर्यातमा कडाइ गर्दै कर लगाएपछि भान्सा महँगो हुन लागेको हो ।

    भारतले शुक्रबारलेखि लाग् हुने गरी चामलको निर्यातमा २० प्रतिशत कर निर्धारण गरेको छ ।



    यस वर्ष भारतमा धान उत्पादन कम हुने आँकलन गर्दै आन्तरिक माग धान्नका निम्ति धान र भारतले चामलको निर्यातमा २० प्रतिशत कर लगाएको छ । कर लगाउँदा २५ प्रतिशत निर्यात घट्ने र आन्तरिक मागलाई सन्तुलन राख्न सहयोग पुग्ने भारतको निष्कर्ष छ ।



    धानको उत्पादन उच्च हुने पश्चिम बंगाल, उत्तर प्रदेश र विहारलगायतका राज्यमा कम वर्षा भएका कारण धानबालीको उत्पादन घट्ने तथा रुस युक्रेन युद्धका कारण खाद्य आपूर्ति रोकिँदा संकट बढ्ने भन्दै भारतले आन्तरिक बजारलाई प्राथामिकतामा राखेको छ । नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार