Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • दसैं आयो, आएन चामल

    दसैं आयो, आएन चामल

    अनलाइन नेपाल
  • बिहिबार, २ कार्तिक २०८०
  • 345
    SHARES

    फाइल तस्विर

    जाजरकोट । डिपोमा चामल आउला र दसैं मनाउला भनेर आशामा बसेका जाजरकोट जुनीचाँदे–७ रजुतराका करवीर बुढा निराश छन्।

    दसैंअघि खाद्य डिपोमा चामल नआउने भन्ने सुनेपछि उनी जस्तै धेरै स्थानीय छटपटीमा छन्। दसैंअघि डिपोमा सहुलियत दरको चामल पाइने आशामा बसेका त्यहाँका बासिन्दालाई चाडबाड टार्ने पिरलो छ।



    स्थानीय बजारमा खाद्यान्न पाइँदैन । पाइए पनि निकै महँगो पर्छ। खाद्यको भन्दा झन्डै दोब्बर पैसा तिरेर पनि सहज रूपमा चामल पाइँदैन। वर्षातमा बिग्रेको बाटो अझै बनेको छैन। जसका कारण पनि जुनीचाँदेवासी थप समस्यामा छन्।



    सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत ढुवानी अनुदान दिएर सहुलियत दरमा खाद्यान्न बिक्री गर्ने गरेको छ। तर, चाडबाडका बेला सहुलियत दरको चामल नपाउँदा करबीर जस्तै धेरै बिपन्न नागरिक समस्यामा परेका छन्। मूल्यवृद्धिले खाद्यान्न छोइसक्नु छैन। नजिकमा बजार पनि छैन। अन्नपूर्ण पोस्टबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार