Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • २५ प्रहरी जवानलाई अटोमेकानिक्स तालिम

    २५ प्रहरी जवानलाई अटोमेकानिक्स तालिम

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २५ जना प्राविधिक प्रहरी जवानलाई अटोमेकानिक्स तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा सवारी महाशाखाको सञ्चालनमा सो तालिम दिइएको हो ।

    अटोमेकानिक्स तालिम आठौं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । महाशाखामा मंगलबार आयोजित तालिम समापन कार्यक्रममा प्रहरी उपरीक्षक कमलेन्द्रलाल कर्णले तालिम समापन गर्दै प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।



    सो अवसरमा उनले सवारी साधनमा आइपर्नसक्ने यान्त्रिक समस्याको तत्काल समाधान गर्न तालिम प्रदान गरिएको प्रहरीले जनाएको छ । प्रशिक्षार्थीले हासिल गरेका सीप कार्यक्षेत्रमा प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।



    साउन १० गतेबाट सञ्चालित १ सय २० कार्यदिन अवधि रहेको सो तालिममा प्राविधिक प्रहरी जवान २५ जनाको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार