Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

    गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 495
    SHARES

    पोखरा । गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले बुधबार शपथ लिएका छन् ।

    गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन् ।



    आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो ।



    प्रदेशको सन्तुलित र समष्टिगत विकासका लागि आवश्यक नीति, रणनीतिक विषयक्षेत्रका दीर्घकालीन, मध्यमकालीन र वार्षिक विकास योजना बनाउने तथा प्रदेशको आवश्यक नीति निर्माण कार्यमा प्रदेश सरकारलाई सहयोग पुर्याउने मुख्य जिम्मेवारीसहित मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश नीति आयोगको गठन हुने व्यवस्था छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार