Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कवारी बाटैबाट फर्किएपछि गोरखाको सिडिओमा दिनेश सागरलाई पठाइयो

    कवारी बाटैबाट फर्किएपछि गोरखाको सिडिओमा दिनेश सागरलाई पठाइयो

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 693
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले गोरखाको प्रमुख जिल्ला अधिकारीमा दिनेश सागर भुषाललाई पठाएको छ । गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्राचार गर्दै प्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट गोरखाको सिडिओको रुपमा सहसचिव भुषाललाई पठाएको गृह स्रोतले वतायो ।

    यसअघि माघ ६ गते गृह मन्त्रालयले बिभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओको सरुवा गरेको थियो । त्यतीबेला गोरखा हाजिर हुन हिँडेका प्रशासन कार्यालय, सिराहाका प्रमुख लालबहादुर कवारीको सरुवा रद्द भएको थियो ।



    त्यस यता गोरखा सिडिओविहीन भएको थियो । तर बिहीबार प्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेका भुषाललाई सिडिओको जिम्मेवारी दिएको हो । भुषाललाई कर्णाली प्रदेशबाट गृहमा सरुवा गरिएको थियो। भुषाल प्रशासनमा राम्रा कर्मचारीका रुपमा चिनिन्छन्।



    यसअघि गोरखा हाजिर हुन हिँडेका कवारी विवादास्पद छवि तथा सिरहामा उनको घुस्याहा कार्यशैलीको चर्को बिरोध हुँदैआएको थियो ।

    उनलाई तत्कालिन गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्वाचन जिल्लामा पठाएका थिए । यस्ता विवादास्पद छविका कवारीलाई कारबाही गर्नुको साटो गृहमन्त्री रविको कार्यकालमा परस्कृत गर्ने काम भएको थियो  ।

    त्यसमा प्रधानमन्त्री प्रचण्डले आपत्ति जनाएपछि कवारीको सरुवा रद्ध गर्दै गृहमा फिर्ता बोलाइएको थियो । तर बिहीबार गृहमन्त्रालय समेत सम्हालेका प्रचण्डले भुषाललाई गोरखाको सिडिओ बनाएर पठाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार