Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • बुधवार बेलायतको भ्रमणमा जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की

    बुधवार बेलायतको भ्रमणमा जादै युक्रेनी राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 642
    SHARES

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकी बेलायत भ्रमणमा जाने भएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि जेलेन्सकी पहिलो पटक बेलायत जान लागेका हुन् ।

    रुसविरुद्ध लडिरहेको युक्रेनको प्रमुख सहयोगी रहेको बेलायतले युक्रेनी सेनालाई नेटोका लडाकु बिमान चलाउने तालिम लगायतका सहयोगको घोषणा गर्न जेलेन्सकी बेलायत जान लागेका हुन् ।



    यस अवसरमा जेलेन्सकीले बेलायतको संसदलाई समेत सम्बोधन गर्ने बताइएको छ ।



    यसैबीच बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई गर्ने सहयोगको दायरा बढाउने घोषणा गर्दै युक्रेनी सेनालाई फाइटर जेट चलाउने तालिम दिने बताएका छन् ।

    रुसले आक्रमण गरेपछि जेलेन्स्कीको यो दोस्रो विदेश भ्रमण हो । उनी केहि साता अघि अमेरिकाको भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार