Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • पोखराको लेकसाइडमा लागेको आगलागी झण्डै ३ घण्टापछि निभाइयो

    पोखराको लेकसाइडमा लागेको आगलागी झण्डै ३ घण्टापछि निभाइयो

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 588
    SHARES

    पोखरा । पोखराको लेकसाइडस्थित लेकसाइड सेन्टरमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

    शनिबार अपराह्न ३ः४५ देखि लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीले झण्डै तीन घण्टापछि आगो नियन्त्रणमा लिएको हो ।



    लेकसाइड हल्लनचोकमा रहेको सेलवेज टावरका अन्डरग्राउन्डमा विद्युत् सर्ट भई अपराह्न ३ः४५ बजेदेखि आगलागी भएको थियो । आगलागी भएको झण्डै तीन घण्टापछि ६ बजे नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।



    डिपार्टमेन्टको अन्डरग्राउन्डबाट सुरु भएको आगोले सेलवेज डिपार्टमेन्ट स्टोरसहित सप, दोर्जेज बार एन्ड ग्रिल, नासा ट्रेकिङ इकुप्मेन्ट लगायत पसल र केही बैंकका एटीएम मेसिनहरूमा पनि क्षति पुगेको छ ।

    अन्डरग्राउन्डबाट सुरु भएको आगलागी नियन्त्रणमा लिन ३ वटा दमकल प्रयोग भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार