Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यातायात मजदुरले गरे सडकमै बस तेर्साएर प्रदर्शन

    यातायात मजदुरले गरे सडकमै बस तेर्साएर प्रदर्शन

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 510
    SHARES

    काठमाडौं । यातायात मजदुरले बालाजु क्षेत्रमा सडक अवरुद्ध गरेका छन् ।

    ट्राफिक नियमविरुद्ध आन्दोलति बनेका यातायात मजदुरहरु सडकमा सवारी साधन तेर्साए बालाजु चोकमा सडक अबरुद्ध गरेका हुन् ।



    बीच सडकमै सवारी साधन राखेर मजदुरहरुले अवरोध सिर्जना गरेपछि अहिले सो क्षेत्रको यातायात आवागमन अवरुद्ध भएको छ ।



    प्रहरी वृत्त बालाजुकाअनुसार बालाजु चोकबाट माछा पोखरीसम्म सडक अवरुद्ध छ ।

    ट्राफिक नियम यातायात मजदुरको हितमा नभएको भन्दै सडक अवरुद्ध गरिएको र अहिले खुलाउने प्रयानस जारी रहेको प्रहरी वृत्त बालाजुले बतायो ।

    अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ । मजदुर संगठनको आन्दोलनमा यातायात व्यवसायीले पनि साथ दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार