Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रिमियर लिग फुटबलमा एभर्टनमाथि लिभरपुलको जित

    प्रिमियर लिग फुटबलमा एभर्टनमाथि लिभरपुलको जित

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 498
    SHARES

    काठमाडौं । डच फरवार्ड कोडी गोक्पोले लिभरपुलका लागि आफ्नो पहिलो गोल गरेपछि जर्गेन क्लोपको टोली लिभरपुलले प्रिमियर लिगमा यो सिजनको पहिलो जित निकालेको छ ।

    खराब लयबाट गुज्रिरहेको लिभरपुलले गएराति एनफिल्डमा भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले पराजित गरेको हो।



    लिभरपुलको जितमा मोहमद सलाहले खेलको ३६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गरेको हो ।



    गाक्पोले खेलको ४९औं मिनेटमा गोल गरे । जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार