Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण बनाइदिन खाँणको आग्रह

    गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण बनाइदिन खाँणको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 483
    SHARES

    काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । काठमाडौंमा भएको भेटमा दुई देशको आपसी सम्बन्ध, नेपालको राजनीति र समसामयिक विषयमा छलफल भएको हो ।

    पूर्व गृहमन्त्री खाँणले विदेश सचिव क्वात्रासँग लुम्बिनी विकास कोषको गुरुयोजना निर्माणबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीको भ्रमणमा आएको बेलामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको कुराकानीबारे पुनः जानकारी गराए ।



    भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमणका बेला लुम्बिनीको गुरुयोजना निर्माणमा सहयोग गर्ने बताएका थिए । त्यस्तै, पूर्व गृहमन्त्री खाणले भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलमा नियमित उडानको वातावरण निर्माण गर्न वातावरण निर्माण गर्ने विषयमा क्वात्रासँग छलफल गरेका छन् ।



    त्यस्तै, थप हवाई रुट दिन पहल गरिदिन पनि आग्रह गर्दै पूर्व मन्त्री खाणले भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनी भ्रमणका क्रममा थप हवाई रुटबारे पहल गर्ने आश्वासन दिएको स्मरण गराए । पूर्व मन्त्री खाँणले त्यसबारे पुनः प्रधानमन्त्री मोदीलाई सम्झाउन र पहल गर्न विदेश सचिव क्वात्रासँग आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार