Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोंगबु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो तत्काल कारबाही होस्

    गोंगबु घटनाबारे कांग्रेसले भन्यो- आन्दोलनको नाममा कसले लुटपाट मच्चायो तत्काल कारबाही होस्

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले बसपार्कमा भएको लुटपाट र तोडफोडको घटनाका दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने कांग्रेस नेताहरुले उक्त माग गरेका हुन् ।



    नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले काठमाडौंको मुटुमै शान्ति सुरक्षाको प्रत्याभूति सरकारले गराउन सक्दैन भने दुरदराजको स्थिति के होला ? भन्दै प्रश्न गरे । उनले तत्काल दोषीलाई कारबाही गर्नुपर्ने माग गरे ।



    ‘यसले देशभर नकारात्मक सन्देश जान्छ। कारबाही नभए देशभर अराजकता फैलिन्छ’, उनले भने, ‘यदि यातायात मजदुरको जायज माग पनि छ भने सम्बोधन हुनुपर्छ। तर यसरी अराजकता फैल्याउने र लुट मच्चाउनेमाथि सरकारले कारबाही गर्नुपर्छ।’

    प्रमुख प्रतिपक्ष दलको प्रवक्ता समेत रहेका उनले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न उठाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार