Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल टेलिकमको नेटवर्कमा समस्या

    नेपाल टेलिकमको नेटवर्कमा समस्या

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 501
    SHARES

    काठमाडौं । नेपाल टेलिकम कर्पोरेसनको (नमस्ते) मा फेरि फोन नलाग्ने समस्या आएको छ । यसअघि, गत महिना पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो ।

    नेटवर्कमा समस्या आएसँगै नेपाल टेलिकमका सबै खाले सेवा अवरुद्ध बनेको छ । टेलिकमको सिमबाट टेलिकमकै सिममा फोन गर्दा नलाग्ने समस्या आएको हो ।



    बुधबार कुन प्रणालीमा कस्तो समस्या भएको हो भन्ने टेलिकमले खुलाएको छैन । केही बेर प्रणालीमा समस्या आएपनि समाधान भइसकेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।



    टेलिकमले फोन लाइनमा समस्या आएकोबारे ग्राहकलाई कुनै माध्यमबाट जानकारी पनि गराएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार