Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • सांसद भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ : स्वास्थ्यमन्त्री गिरी

    सांसद भण्डारीलाई मुम्बई लैजाने व्यवस्था गर्दैछौँ : स्वास्थ्यमन्त्री गिरी

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 603
    SHARES

    काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा घाइते नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बइ लैजाने तयारी भएको छ ।

    कीर्तिपुरमा रहेको बर्न अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिश गरेअनुसार उनलाई मुम्बइ लैजान लागिएको हो ।



    केही प्रक्रिया पूरा गरेर आजै मुम्बई लैजाने तयारी रहेको स्वास्थ्यमन्त्री पदम गिरीले बताए । उनले भारतमा उपचार गराउन लैजाँदा नेता भण्डारीको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेको उनले बताए ।



    उनले भने, ‘चिकित्सकले नेता भण्डारीलाई थप उपचारको लागि भारत नै लैजाँदा राम्रो हुने भनेकाले एक घण्टाभित्रमा उहाँलाई मुम्वई लैजाने व्यवस्था गर्दैछौं । मलाई लाग्छ उहाँको सुधारमा आउछ भन्ने मलाई विश्वास छ। ’

    मन्त्री गिरीले सरकारको तर्फबाट भण्डारीको उपचारमा सहयोग रहने बताए । कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरूले अस्पतालमा पुगेर भण्डारीको स्वास्थ्य अवस्थाको जानकारी लिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार