Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सचेतक गिरीले भने – छानबिनमा रहेका मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्

    एमाले सचेतक गिरीले भने – छानबिनमा रहेका मन्त्रीलाई तत्काल बर्खास्त गरियोस्

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

    आइतबार प्रतिनिधिसभाको बैठकमा सुरुमै आकस्मिक समय लिएर बोल्दै प्रमुख सचेतक गिरीले यस्तो बताएका हुन्। गिरीले विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।



    प्रमुख सचेतक गिरीले भने,‘हामी कहिले पनि संसद अवरोध होस् भन्ने चाहँदैनौं । तर, प्रतिपक्षले उठाएका विषय नसुन्ने गर्न खोज्दा संसद अवरोध विगतमा भएका छन् । विवादित मन्त्रीहरुबारे छिटोभन्दा छिटो प्रधानमन्त्रीले जवाफ दिनुहोस् । बदनियत बोकेका र छानबिनमा रहेका मन्त्रीलाई बर्खास्त गरियोस्।’



    एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतको सम्बन्धमा प्रश्न उठाउँदै आएको छ।

    दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ ।

    स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् । बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार