Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमालेका प्रमुख सचेतक गिरीले भने – प्रधानमन्त्री प्रचण्डले इजरायली समकक्षीसँग टेलिफोन गर्नुपर्छ

    एमालेका प्रमुख सचेतक गिरीले भने – प्रधानमन्त्री प्रचण्डले इजरायली समकक्षीसँग टेलिफोन गर्नुपर्छ

    अनलाइन नेपाल
  • आइतबार, २१ असोज २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा सचेतक गिरीले सरकारले एउटा विज्ञप्ति मात्रै जारी गरेर नपुग्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहलकदमी लिनुपर्ने बताएका हुन् ।



    उनले समकक्षीसँग टेलिफोन संवाद गरी नेपालीको जीवन रक्षाका लागि पहल लिनुपर्ने माग गरे। प्रमुख सचेतक गिरीले इजरायलमा रहेका नेपाली नागरिकको जीवनरक्षाका लागि सरकारले कुनै कमीकमजोरी गर्न नहुने बताए ।



    सचेतक गिरीले भने,‘सरकारले एउटा विज्ञप्ति जारी गरेर मात्रै पुग्दैन । संसदमा मन्त्रीले त्यहाँको घटनाको विवरण दिएर मात्रै पुग्दैन । देशको प्रधानमन्त्रीले त्यहाँका प्रधानमन्त्री बेन्जामित न्यतान्याहुलाई फोन गरेर संवाद गर्नुपर्छ । हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा गर्नुपर्‍यो । उनीहरूको उद्धार गर्नुपर्‍यो । उपचारको काम तुरुन्त हुनुपर्‍यो । यहाँको प्रधानमन्त्रीले समकक्षीसँग सिधासिधी कुरा गर्नुपर्छ ।’

    उनले संयुक्त राष्ट्रसंघको जारी महासभामा नेपाली प्रतिनिधिले नेपाली नागरिकका बारेमा सघन ढंगले विषय उठाएर यूएनको ध्यानाकर्षण गर्नुपर्ने पनि बताए ।

    रोजगारीको शिलशिलामा हजारौँ र अध्ययन गर्न सयौँको संख्यामा नेपालीहरू इजरायल पुगेका भन्दै उनले उनीहरूले आफ्नो जीवन रक्षाका लागि गरेको अपिलमा सरकार गम्भिर भएर लाग्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार