Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कानुनमन्त्री गिरीले भने – सहकारी सञ्चालकलाई थुनेर बचत फिर्ता हुदैँन

    कानुनमन्त्री गिरीले भने – सहकारी सञ्चालकलाई थुनेर बचत फिर्ता हुदैँन

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 351
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका सञ्चाललाई थुनेर बचत फिर्ता हुन नसक्ने बताएका छन्।

    राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन्।



    कानुनमन्त्री गिरीले भने,‘सहकारीका सञ्चालकहरूलाई गलत गर्दा थुनी हाल्ने हो भने बचत र्फिता कसले दिन्छरु सम्भव भएसम्म उनीहरूलाई बचत फिर्ता गराउन प्रयोग गर्न सक्नुपर्छ। जमानतमा छाडेर भए पनि विकल्प खोज्नुपर्छ। राज्यले समयमा नियमन नगरेर बिग्रेपछि सुधार गर्न समय लाग्छ।’



    कानुनमन्त्री गिरीले सहकारीबाट ऋण लिएर नतिर्ने परिपाटी बढेको पनि बताए। कानुनमन्त्री गिरीले विधि पद्धति, सहकारीका मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर गएर ऋण प्रवाह गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताए ।

    ऋण नतिर्ने सहकारीका ऋणीहरूलाई बैंकले गरी कारबाही गर्नुपर्ने कानुनमन्त्री गिरीको भनाई छ ।

    उनले सहकारीमा पारदर्शिता र विश्वसनीयता कायम गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए।

    प्रविधिमार्फत सदस्यहरूलाई संस्थाको हरेक गतिविधिका बारेमा जानकारी दिनसके विश्वसनीयता बढ्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार